PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मस्जिद तोडफोड गर्ने दुई जना समातिए



पहिलोपोस्ट

मस्जिद तोडफोड गर्ने दुई जना समातिए

काठमाडौं : सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रत्नकाजी महर्जनको समूहले मस्जिद तोडफोड गरेको भन्दै नियन्त्रणमा लिएको हो। त्यस्तै तोडफोड गर्न प्रयोग भएको डोजरका चालकलाई समेत नियन्त्रणमा लिएको छ।

'मस्जिद भएको ठाउँमा नै डोजेर चलाएको देखियो। त्यसैले नियन्त्रणमा लिएका हौं,' एसएसपी श्याम ज्ञवाली भने।

धरहराको पछाडि करिब ६ आनाको क्षेत्रफलमा मस्जिद रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell