PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीतसँग गरिन् विहे



पहिलोपोस्ट

गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीतसँग गरिन् विहे

बलिउड गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीत सिंहसँग विहे गरेकी छन्। दिल्लीस्थित शिख समुदायको प्रसिद्ध ठाउँ गुरुद्वारमा उपस्थित भएर नेहा र रोहनले शनिवार सात फेरा लिएका हुन्।

नेहा र रोहनको विहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मेहेन्दी र डान्सका तस्विर सामाजिक सञ्जालमा छाएका छन्।

इण्डियन आइडलकी जज समेत रहेकी नेहा विहेको विषयलाई लिएर बेला बेला चर्चामा रहने गरेकी थिइन्।

इण्डियन आइडलको गत सिजनमा नेहाको विहे गायक आदित्य नारायणसँग हुने भनेर चर्चा भएको थियो। परिवारका सदस्य नै बोलाएर चर्चा गरिएको थियो। तर त्यो शोको तालिकाअनुसार तय भएको एक नाटक मात्रै थियो।

नेहा र रोहन केही समययता प्रेम सम्बन्धमा थिए। आदित्य नारायण भने प्रेमिका श्वेतासँग विहेको तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell