PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ



पहिलोपोस्ट

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कंचनपुरः प्रहरीले आमाको हत्या गरेको अभियोगमा एक छोरालाई पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका ३ सुकुम्बासी बस्तीकी साठी वर्षीया पार्वती वादीको शनिबार राति हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरीले ३० वर्षीय पप्पु वादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँगै टाउकामा बञ्चराले हिर्काएर हत्या गरेको बताएका छन्।

घाइते भएकी पार्वतीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell