काठमाडौंः ललितपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-४ नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको भने उपचार भईरहेको छ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
