PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

कोरोना संक्रमणका कारण चितवनमा थप दुई जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण चितवनमा थप दुई जनाको मृत्यु

चितवन : कोभिड-१९ को संक्रमणबाट चितवनमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो। ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका-१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि  कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो। ति वृद्धाको शनिवार साँझ मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell