PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थप २ हजार ८५६ जना कोभिड १९ संक्रमित, पाँच जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार ८५६ जना कोभिड १९ संक्रमित, पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

त्यस्तै ३ हजार ३३६ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। पछिल्लो समय थपिएको संक्रमितको सङ्ख्यासँगै देशभर कोभिड १९ संक्रमितको सङख्या १ लाख ५८ हजार ८९ पुगेको छ। जसमध्ये अहिलेसम्म १ लाख ८ हजार ३३४ जना निको भइसकेका छन्।

४५ हजार ५७२ जना अझैं संक्रमित नै छन्।

पछिल्लो २४ घण्टाका कोभिड १९ संक्रमण भएका ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म देशभर ८४७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell