PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन जारी, प्रदेश र देशभरी आन्दोलन चर्काउने तयारीमा मातृका यादव



राधेश्याम पटेल

वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन जारी, प्रदेश र देशभरी आन्दोलन चर्काउने तयारीमा मातृका यादव

वीरगंज : वीरगंजमा नेकपा नेता मुकेश चौरसियाको हत्या प्रकरणमा संलग्न आरोपीहरुलाई नेपाल प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी प्रशासनविरुद्ध प्रदर्शन तथा धर्ना जारी राखिएको छ। आइतवार दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला प्रहरी कार्यालय अगाडि करिब ५ सय नेकपाका नेता तथा कार्यकर्ताहरुले मौन धर्ना दिएका थिए।

उनीहरु हातमा प्ले कार्ड बोकेर धर्नामा सहभागी भएका थिए। धर्नामा पूर्व माओवादी नेता कार्यकर्ताहरुको सहभागिता थियो भने पूर्व एमालेहरुको संख्या न्यून थियो। जिल्ला कमिटी सदस्य तथा विन्वासिनी गाउँपालिका नेकपा गाउँपालिका कमिटि सचिव समेत रहेका मुकेश चौरसियाको हत्यारालाई चाडै कानुनको दायरामा ल्याउन नेकपाका पूर्व मन्त्री मातृका यादव नेतृत्वमा पीडित पक्षलाई न्यायको माग गर्दै तीन दिनदेखि वीरगंजमा धर्ना प्रदर्शन जारी रहेको छ।

आइतवार मातृका यादवको अनुपस्थितिमा नेकपा पर्साका नेता रामचन्द्र साह तेली, नेकपा वीरगंज नगर किमिटी अध्यक्ष रहबर अन्सारीलगायतले सम्बोधन गरेका थिए। उनीहरुले पूर्व सभासद राजकुमार गुप्ताको योजनामा नेकपा नेता मुकेश चौरसियाको हत्या गरिएकोले आरोपीहरुलाई यथाशिघ्र पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउनु पर्ने पर्सा प्रहरीसँग नेकपाको नेताहरुले माग गरेका छन्।

दुई तीन दिनमा पर्सा प्रहरीले जाहेरी दर्ता नगर्दा प्रदेश २ को अन्य जिल्लामा पनि नेपाल सरकार र प्रहरी प्रशासनको विरुद्धमा आन्दोलनको कार्यक्रम तय गरी अगाडि बढ्ने योजना रहेको नेकपा वीरगंज नगर कमिटि अध्यक्ष अन्सारीले बताए। प्रदेश समिति र केन्द्रीय नेताहरुसँग पनि छलफल भइरहेको, चाँडै देशभरी आन्दोलन चर्काउने छलफल भइरहेको छ।

गत बिहीवार दिउँसो साढे १२ बजे पर्साको विन्वासिनी गापा २ मा भइरहेको शपथ ग्रहण कार्यक्रममा दुई पक्ष बीच झडप हुदाँ ८ जना घाइते भएका थिए भने त्यसै मध्येका एक जना मुकेश चौरसियाको उपचारको क्रममा वीरगंजको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो। घटनामा संलग्न देवा सहनी र हनिफ मिया पूर्व सभासद राजकुमार गुप्ताको घरबाट पक्राउ परेकोले पीडित पक्षले उनको डिजाइनमा उक्त घद्धटना घटाइएको आरोप लगाइरहेका छन्।

मृत्यु हुने मुकेश पूर्व माओवादीबाट नेकपमा आएका थिए भने पूर्व सभासद राजकुमार गुप्ता  पूर्व एमाले हुन्। सो गाउँपालिकामा यी दुई गुटबीच पहिलेदेखि विवाद हुदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell