PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्री ओलीलाई सिकाली जात्राको प्रसाद



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई सिकाली जात्राको प्रसाद

काठमाडौं : प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ललितपुर खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका हुन्।

शनिवार बिहान खोकनाका स्थानीयले प्रधानमन्त्री ओलीका साथै राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। तर, स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डंगोललगायत बालुवाटार पुगेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell