PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोरोना संक्रमणका कारण पोखरामा थप चार जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण पोखरामा थप चार जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन्। मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन/तीन तथा म्याग्दीका दुई जना छन्।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड-१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो। असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।

त्यसैगरी, पोखरा-२२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिवार बिहान ९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ। कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड-१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

पोखरा-३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो।

त्यस्तै, पोखरा-१५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिवार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। उनलाई शनिवार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell