PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलिउड लागुऔषध प्रकरणमा कलाकार प्रीतिका पक्राउ, १४ दिन हिरासतमा राख्न अदालतको अनुमति



पहिलोपोस्ट

बलिउड लागुऔषध प्रकरणमा कलाकार प्रीतिका पक्राउ, १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको लागुऔषध दुर्व्यसनी तथा ओसारपसार प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले टेलिभिजन कलाकार प्रीतिका चौहानसहित ५ जनालाई पक्राउ गरेको छ।

प्रीतिका र एक अन्य आरोपीलाई न्यायिक हिरासतमा राख्ने अदालतले आइतवार एनसीबीलाई अनुमति दिएको छ। उनीहरुमाथि अब ८ नोभेम्बरसम्म न्यायिक हिरासतमा अनुसन्धान हुनेछ।

यसअघि एनसीबीले लागुऔषध मुद्दामा २३ जनालाई पक्राउ गरिसकेको छ।

एनसीबीले कलाकार प्रीतिका र उनको ग्रुपबाट नशालु पदार्थ र नगद रुपैयाँ पनि बरामद गरेको जनाएको छ।

प्रीतिकाले 'संकट मोचन हनुमान', 'सावधान इण्डिया' र 'जगत जननी मां वैष्णो देवी' जस्ता टिभी सीरियलमा काम गरेकी छन्।

लागुऔषध प्रकरणमा एनसीबीले दीपिका पादुकोण, सारा अली खान, रकुलप्रीत सिंह र श्रद्धा कपूरजस्ता कलाकार तथा अन्यसँग सोधपुछ गरिसकेको छ। रिया चक्रवर्तीलाई एक महिना हिरासतमा राखेर अदालतको आदेशपछि जमानतमा छोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell