PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

आर्सनलमाथि लेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

आर्सनलमाथि लेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियमा भएको खेलमा घरेलु टोली आर्सनल १-० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा लेस्टरले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। लेस्टरको जितमा जेमी भर्डेले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै गएराति नै भएको अर्को खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको एभर्टन साउथह्याम्टनसँग पराजित भयो। घरेलु टोलीको जितमा जेम्स वार्ड प्रोउज र चे एडम्सले क्रमश २७ र ३५ औं मिनेटमा गोल गरे। खेलको  ७२ औं मिनेटमा लुकास डिज्नी रेडकार्ड खाँदै बाहिरिँदै एभर्टन १० खेलाडीमा सीमित भएको थियो।

ईपीएलकै गएराति भएको अर्को खेलमा वुल्भस् र न्युक्यासल १-१ को बराबरीमा रोकिएका थिए।

हारका बावजुत ६ खेलबाट १३ अंक जोडेको एभर्टन तालिकाको शीर्षस्थानमा छ। त्यस्तै लेस्टर सिटी १२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। लगातार पछिल्ला दुई खेल गुमाएको आर्सनल भने ९ अंकसहित तालिकाको १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell