PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोनाले फेरिएको विजयादशमीको दृश्य : मास्क लगाएर टीका ग्रहण

कोरोनाले फेरिएको विजयादशमीको दृश्य : मास्क लगाएर टीका ग्रहण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज विजयादशमी। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ। तर, यो वर्ष कोरोना भाइरस संक्रमणका कारण विगत वर्ष झै दशैंको चहलपहल छैन। साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाड यसपटक परिवारमा नै सीमित गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि दशैंमा टीका लगाउन हिँड्नेहरुको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन।

पहिला जस्तै रमझम नभएपनि मास्क लगाएर टीका लगाउन हिँड्नेहरु पनि छन्। नजिकैका आफन्त र साथी भाइका मानिसहरु टीका लगाउन पुगिरहेका छन्। संक्रमणका कारण सार्वजनिक यातायात भन्दै आफ्नै सवारीसाधनमा यात्रा गर्नेहरु बढी छन्। कोही भने हिँडेरै गन्तव्यमा पुगिरहेका छन्।

टीका लगाउँदा यसपटक अधिकांशले स्वास्थ्य मापदण्ड पालना गर्ने प्रयास गरिरहेका छन्। घरमा टीका लगाउँदा मास्क र स्यानिटाइजरको प्रयोग गरिएको छ। भौतिक दुरी कायम गर्दै मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ।

टाढा रहेका आफन्त र वृद्ध मान्यजनबाट भर्चुअल रुपमा नै टीका ग्रहण समेत भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell