PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

दशैंमा काठमाडौंमा जघन्य अपराध छैन, चोरी फाटफुट भएको छः एसएसपी ज्ञवाली



पहिलोपोस्ट

दशैंमा काठमाडौंमा जघन्य अपराध छैन, चोरी फाटफुट भएको छः एसएसपी ज्ञवाली

काठमाडौंः दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको छ।

सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको छ। काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको छ। तर काठमाडौंमा जघन्य प्रकृतिका अपराध नभएपछि फाटफुट चोरी भएको प्रहरीको दाबी छ। ' जघन्य प्रकृतिका अपराध भएका छैनन्। बिहानको समयमा घर तथा कोठामा हुने चोरीका सूचना भने आइरहेका छन्।' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।

चार्ड पर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार भन्दा बढी बर्दी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell