PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कोलकताले पञ्जाबलाई दियो १ सय ५० रनको लक्ष्य, शुभमन गिलको अर्धशतक



पहिलोपोस्ट

कोलकताले पञ्जाबलाई दियो १ सय ५० रनको लक्ष्य, शुभमन गिलको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो।

कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन जोड्दा कप्तान इयोन मोर्गनले ४० रन बनाए। त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए।

पञ्जाब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell