PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुष्ट शक्तिको अन्त्य गर्न निकालियो तलेजु भवानीको खड्गसिद्धी जात्रा

दुष्ट शक्तिको अन्त्य गर्न निकालियो तलेजु भवानीको खड्गसिद्धी जात्रा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेवार समुदायले मंगलवार चालं मनाएका छन्। नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। चालंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलुकी पाया निकाल्ने परम्परा रहेको छ।

दैत्य महिषासुरको संहार स्वरुप खड्ग बोकेका व्यक्तिले दैत्यको आकृति बनाइएको कुभिण्डोमाथि खड्गले प्रहार गरेर असत्यमाथि सत्यको जित मनाउन पाया निकालिएको जनविश्वास छ। विभिन्न स्थान अनुसार पायाका किम्वदन्तीहरु फरक फरक हुन सक्छन्। काठमाडौंको क्वहिटी, यट्खा लगायतका स्थानबाट पाया निकाल्ने गरिन्छ। तर कोरोना संक्रमणका कारण यसपटक धेरै स्थानमा पाया निकालिएन।

यता, तलेजु भवानी मन्दिर परिसरबाट भने पाया निकालियो। काठमाडौंमा सबै स्थानमा पाया निस्किएर सकेपछि तलेजु भवानीको खड्ग सिद्धी जात्रा निकाल्ने गरिन्छ। मूल चोकबाट तलेजु भवानीको मूल ढोकाबाट खड्ग बोकेका व्यक्तिहरु निस्किएर कुमारी घर, काष्ठमण्डप, प्याफल, रणभैरव दल गण, मखन, आकाश भैरव हुँदन अन्त्यमा तलेजु भवानी मन्दिर पुगेर यो जात्रा सकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell