इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्समाथि किंग्स ११ पञ्जाबले ८ विकेटको सानदार जित निकालेको छ।
शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन जोड्दा कप्तान इयोन मोर्गनले ४० रन बनाए। त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।
उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए।
१५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १८.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
पञ्जाबका लागि मन्दीप सिंहले सर्वाधिक ६६ रन बनाउँदा क्रिस गेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ५१ रन जोडे। त्यस्तै केएल राहुलको २८ रन महत्वपूर्ण रह्यो।
कोलकताका लागि वरुण चक्रवर्ती र लोकी फ्रेगुइसनले समान १/१ विकेट लिए।
जितसँगै पञ्जाव १२ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।
