PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कलाकार मनोज गजुरेललाई कोभिड १९ संक्रमण



पहिलोपोस्ट

कलाकार मनोज गजुरेललाई कोभिड १९ संक्रमण

काठमाडौंः कलाकार मनोज गजुरेललाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

कलाकार गजुरेलले फेसबुकमा आफूलाई कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। सोमबार आफूलाई पोजेटिभ आएको रिपोर्ट आएको बताएका छन्।

उनले फेसबुकमा लेखका छन्,' भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड १९ पोजेटिभ देखिएको छ। गत हप्ता दाजुलाई अस्पताल लाने र ल्याउने गरेको थिएँ। गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रवार ९८° को ज्वरो देखियो। शनिवार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खर मात्र  कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो।'

उनले बिहीबार देखि आइसोलेसनमा रहेको जानकारी दिएका छन्। त्यस्तै उनको सम्पर्कमा आएका अन्य बाबु नानीमा भने कुनै कोभिड १९ को लक्षण नदेखिएको जानकारी दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell