काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।
सोही समयमा ३ हजार १ सय ६८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर अहिलेसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये ४० हजार ६ सय ८१ जना उपचाररत छन् भने १ लाख १८ हजार ८ सय ४३ जना निको भइसकेका छन्।
२४ घण्टामा कोभिड १९ सङ्क्रमण भएका १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। देशभर अहिलेसम्म सङ्क्रमण भएका ८ सय ७६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो दुई दिनयता कोभिड १९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ।
