PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अछाममा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, अर्का एक जना घाइते



रासस

अछाममा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, अर्का एक जना घाइते

डोटी : अछामको ढकारी गाउँपालिका-३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्।

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ। मंगलवार बिहान देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीर अवस्थामा फेला परेकामा थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच, दिपायल सिलगढी नगरपालिका-६ बस्ने अन्दाजी ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर कैलालीको धनगढी लगिएको छ। एक घण्टाभित्र राम्रो अस्पतालमा नपुर्‍याए बिरामीको ज्यानमा खतरा हुन सक्ने भनी जिल्ला अस्पतालका चिकित्सकले सल्लाह दिएपछि उनलाई जहाज चार्टर गरेर पठाइएको हो।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार मंगलवार बिहान एक्कासी बिरामी परेका जोशीलाई समिट एअरलाइन्सको जहाजबाट एक लाख ५० हजार रुपैयाँमा चार्टर गरेर उपचारका लागि कैलाली लगिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell