PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि



रासस

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि

राँझा : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसनमा बसेका छन्। प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफूमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई संक्रमण देखिएको थियो।

२० जना संक्रमित सिकिस्त

बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० संक्रमित सिकिस्त रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० संक्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन्। त्यस्तै, शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन्। भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताए। बाँकेमा १ सय ९२ संक्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell