PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

गोरखाबाट तीन दिनका लागि बुंगमती आइन् मनकामना माई, सकियो आजुअजि जात्रा

गोरखाबाट तीन दिनका लागि बुंगमती आइन् मनकामना माई, सकियो आजुअजि जात्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बुंगमतीमा आज आजु अजि (मनकामना माई) जात्रा सम्पन्न भएको छ। नवमीको रात मनकामना अजिमा र आजु (मनकामनाका श्रीमान) लाई मन्दिरबाट निकालेपछि सुरु हुने यो जात्रा एकादशीमा सकिने गर्छ।

यी तीन दिन गोरखामा रहेकी मनकामना देवी बुंगमतीमा आउने जनविश्वास रहेको छ। मनकामना देवी बुंगमती आउने भएकोले गोरखामा रहेको मनकामना मन्दिर तीन दिन बन्द हुनेगर्छ।

बुंगद्य: (रातो मछिन्द्रनाथ) नेपालमा आएदेखि यो जात्रा संचालनमा रहेको बताउँछन् बुंगद्यका मूल पूजारी कपील बज्राचार्य।

भने , ‘१६ सय बर्षभन्दा बढी भयो यो जात्रा सुरु भएको। यो बेलामा यहाँ ह्याग्रिभ भैरव, हनुमान जात्रा, पाया, भीमसेन जात्रा हुन्छ।’

विजयादशमीको दिन दिनभर पूजा गरेपछि राति हनुमान जात्रा गरिएको थियो। एकादशीको दिन आज मनकामना अजिमा र आजुलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell