PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजलामा एक घर एक पीसीआर परीक्षण अभियान



रासस

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजलामा एक घर एक पीसीआर परीक्षण अभियान

पर्वत : जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलवारदेखि कोरोना परीक्षण गर्न थालिएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर-एक पीपीआर जाँच’ अभियान शुरू गरिएको हो।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे। उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे  समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए।

मंगलवार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ। यसअघि गाउँपालिकाका करिब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ।

यसैबीच, तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell