PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

हैदराबादले दिल्लीलाई दियो २ सय २० रनको विशाल लक्ष्य



पहिलोपोस्ट

हैदराबादले दिल्लीलाई दियो २ सय २० रनको विशाल लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई २२० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको हो।

हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक सर्वाधिक ८७ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन जोडे। त्यस्तै मनिष पाण्डेले अभिजित ४४ रन जोड्दा केन विलियमसन ११ रनमा अभिजित रहे।

उता दिल्लीका लागि एनरिच नोर्टजे र रबिचन्द्रन अश्विनले समान १/१ विकेट लिए।

दिल्ली केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell