भरतपुर : चितवनमा थप एक कोरोना (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैँडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।
श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको मंगलवार बेलुका ५:२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो।
उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। मृतक पुरुष मधुमेहको समेत बिरामी थिए।