युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि सजह जित निकालेको छ। स्टेड भेलोड्रोममा भएको खेलमा सिटीले मार्सेलीमाथि ३-० को सहज जित निकालेको हो।
सिटीको जितमा फेरन टोरेस, इल्के गुन्डोगन र रहिम स्ट्रलिङले समान १/१ गोल गरे।
खेलको १८ औं मिनेटमा टोरेसको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। सिटीका लागि गुण्डोगनले ७८ औं मिनेटमा र स्ट्रलिङले ८१ औं मिनेटमा गोल गरे।
त्यस्तै गएराति नै भएको समूह सी कै अर्को खेलमा पोर्टोले ओलम्पिआकोसमाथि २-० को जित निकाल्यो। पोर्टोको जितमा फाबिओ भिइरा र सर्जियो ओलिभेइराले गोल गरे।
समूहमा लगातार दोस्रो जित निकालेको सिटी शीर्ष स्थानमा छ भने समान १/१ खेल जितेका पोर्टो र ओलम्पिआकोस दोस्रो र तेस्रो स्थानमा छ। त्यस्तै जितबिहीन मार्सेली तालिकाको पुछारमा छ।
