PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

झडपमा परी यसरी ढलेका थिए मुकेश चौरासिया, शव अझै बुझेनन् परिवारले



राधेश्याम पटेल

झडपमा परी यसरी ढलेका थिए मुकेश चौरासिया, शव अझै बुझेनन् परिवारले

वीरगंज : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थानीय नेता मुकेश चौरासिया झडपमा परी ढलेको भिडियो सार्वजनिक भएको छ।

विन्दाबासिनी २ का मुकेशको शुक्रवार बिहान ९ बजे उपचारको क्रममा वीरगंज पानीटंकीस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो। उनको शव अहिले पोस्टमार्टम नगरी नारायणी अस्पतालको शव गृहमा राखिएको छ।

गत बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए। झडपमा लाठीले हानेर उनलाई घाइते बनाइएको थियो। नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ।

हत्यामा पूर्व सभासद् नै संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाएका छन्। प्रथम संविधान सभामा नेकपा एमालेबाट पर्सा क्षेत्र नं ३ मा निर्वाचित भएका संविधासभा सदस्य राजकुमार गुप्ताको योजनामा मुकेशको हत्या भएको उनको परिवारजनले आरोप लगाएका हुन्।

नेकपाको एउटा खेमा पूर्व माओवादी नेताहरुलेसमेत यस्तो अरोप लगाइरहेका छन्। बारामा राजनीति गरिरहेका नेकपाका नेता गोपाल ठाकुरले समाजिक सञ्चाजमा पूर्व सभासद गुप्ताको डिजाइनमा पर्सा, विन्दवासिनीमा बिहीवार भएको झडपमा पूर्व माओवादी नेता मुकेश चौरसियालाई लाठी प्रहार गरी घाइते बनाई हत्या गरिएको दाबी गरे। उनले पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको काम कर्तव्यप्रति पनि प्रश्न उब्जेको बताए। पूर्व सभासद् गुप्ताको नाम जाहेरीमा भएकोले जाहेरी दर्ता गर्न पनि पर्सा प्रहरी पछि हटेको र पीडितलाई न्याय दिनुको साटो उल्टै पीडा दिइरहेको विश्लेषण उनको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell