PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

झापामा कोभिड १९ संक्रमित महिलाको मृत्यु



रासस

झापामा कोभिड १९ संक्रमित महिलाको मृत्यु

झापाः झापामा थप एक जना कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका वडा नम्वर ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधवार बिहान कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको हो। बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा बिहान ९ बजे उनको मृत्यु भएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए।  निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो। बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका आफन्तले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell