PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन



पहिलोपोस्ट

पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन

काठमाडौंः तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए।

मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत थिए।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्।

तनहुँमा जन्मेका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थियो । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनको पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell