काठमाडौः कैलालीको गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीर बहादुर साउँद रहेका छन्।
गोप्य सूचनाको आधारमा मंगलवार राति सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा समातेको हो। उनीहरुको साथबाट नगद २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।
