PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आलोचना पछि बीबीसीले हटायो डकुमेन्ट्रीको ट्रेलर



पहिलोपोस्ट

आलोचना पछि बीबीसीले हटायो डकुमेन्ट्रीको ट्रेलर

बीबीसीले धावक अस्कर पिस्टोरियसमाथि बनेको डकुमेन्ट्रीको ट्रेलर हटाएको छ। उनको हत्या काण्डको पीडित रिभा स्टिनक्याम्पको नाम उल्लेख नगरेको भन्दै आलोचना भएपछि उक्त ट्रेलर हटाइएको हो।

बीबीसीको प्रेस कार्यालयले मंगलवार ‘द ट्रायल अफ अस्कर पिस्टोरियस’को ट्रेलर मंगलवार सार्वजनिक गरेको थियो। लगत्तै सन् २०१३ मा मारिएकी रिभाको नाम भिडियो र ट्वीट कतै पनि नजनाइएको भन्दै आलोचना भयो।

‘ट्रेरलले पारेको असरका कारण दु:खी छौं जुन हाम्रो उद्देश्य थिएन। हाललाई हामीले ट्रेलर हटाएका छौं। केही समयमा नयाँ ट्रेलर सार्वजनिक गर्छौं जसले मृतकको हत्यालाई पनि समेट्छ।’

ओलम्पिक र प्याराओलम्पिकका धावक रहेका अस्कर सन् २०१३ देखि ६ वर्षका लागि जेलमा रहे। उनले आफ्नी प्रेमिका रिभा स्टिनक्याम्पलाई घरमै मारेका थिए। रिभालाई ट्वाइलेटमा थुनेर ४ पटक गोली हानिएको थियो। पछि उनको सजाय बढेर १५ वर्ष लामो भयो।

उक्त डकुमेन्ट्री अमेरिकी नेट्वर्क इएसपीएनका लागि बनाइएको थियो तर ट्रेलर बीबीसीबाट प्रसारित भएको थियो।

घरेलु हिंसाविरुद्धका अभियान्ता डेभिड क्यालेनले लेखे : उसले मारेकी युवतीको नामसमेत उल्लेख गर्न नसक्नु ठूलो हार हो।

उक्त डकुमेन्ट्री नोभेम्बर ७ देखि आइप्लेयरमा उपलब्ध हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell