डोटीः अरिङ्गालको टोकाइबाट दुई जना बालिकाको मृत्यु भएको छ।
डोटी जिल्लाको सायल गाउँपालिका १ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको प्रहरीले जानकरी दिएको छ।
घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए।