अभिनेत्री प्रियंका चोपडा नयाँ बलिउड फिल्ममा देखिने टुंगो लागकको छ। फिल्म ‘टेक्स्ट फर यू’का लागि अनुबन्धित भएकी हुन्। फिल्ममा उनी आउटल्यान्डर स्टार साम ह्यूगन र पाँच पटक ग्र्यामी अवार्ड विजेता केलिन डियोनसँग देखिने छिन्।
जिम स्ट्राउसले उक्त फिल्म निर्देशन गर्दैछन्। यसअघि प्रियंका हलिउड फिल्म ‘बे वाच’, ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा अभिनय गरेकी थिइन्।
डेडलाइनका अनुसार टेक्स्ट फर यू मंगेत्तर गुमाउने एक महिलाको कथामा आधारित रहनेछ। आफ्नो प्रेमीको निधनपछि पनि ती महिलाले उनको पूरानो फोनमा सन्देश पठाइ रहन्छिन्। पछि थाहा हुन्छ, उक्त नम्बर अर्को शहरको पुरुषले लिएका हुन्छन् जो उस्तै पीडाबाट गुज्रिरहेका हुन्छन्। यी दुई पात्र भेट्छन्। एकअर्कासँग नजिकिन्छन् तर आफ्नो विगत भुल्न सक्दैनन्।
समग्रमा पुन: प्रेम गर्न कोसिस गर्ने पात्रहरूको कथा हो यो।
जर्मन फिल्म एसएमएस फर डिचको रिमेक हो। कथा सोफी कार्मरको चर्चित उपन्यासबाट प्रभावित छ।
प्रियंका द म्याट्रिक्स फोर, सिटाडेल, द ह्वाइट टाइगर र वि क्यान बी हिरोजमा पनि अनुबन्धित छिन्।
