काठमाडौंः पोखरामा थप ७९ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ७९ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। सबैभन्दा धेरै पोखरा महानगरपालिका वडा नम्बर ९ मा एक महिला सहित १४ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै वडा नम्बर २७ मा १२ जना, वडा नम्बर ६ मा ११ जना पोजेटिभ आएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ११ पुगेको छ
