PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फ्रान्सको धर्मनिरपेक्षतालाई किन मानिँदैछ इस्लाम विरोधी?



पहिलोपोस्ट

फ्रान्सको धर्मनिरपेक्षतालाई किन मानिँदैछ इस्लाम विरोधी?
AFP

'धर्मविहीन राज्य' फ्रान्सको सरकारी धर्म हो। 'धर्मनिरपेक्षता' नै त्यहाँको राष्ट्रिय विचारधारा मानिन्छ।

फ्रान्सको राजनीतिमाथि नजर राख्ने डोमिनिक मोइसीले उक्त विचारधारामाथि टिप्पणी गर्दै भनेको थियो – धर्मबाट मुक्ति (लाइसिटे) माथिकाहरूले थोपरिदिएको प्रथा हो।

हाल उक्त शब्द लाइसिटे चर्चामा छ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले इस्लाम धर्मबारे विवादस्पद् बयानपछि शब्दमाथि प्रश्न उठेको हो।

एक फ्रान्सेली शिक्षकले पैगम्बर मोहम्मदको कार्टुन छापेको थियो। उक्त कार्टुनको विषयमा एक शिक्षकले ज्यान गुमाउनु पर्‍यो। पत्रिका र शिक्षकको पक्षमा म्याक्रो बोलेका हुन्। उनले फ्रान्स धर्मनिरपेक्षताको अडानबाट पछि नहट्ने बताएका छन्। उनको उक्त मन्तव्य इस्लाम धर्म विरोधी भएको बताएका छन्।

घटनालाई लिएर बंगलादेशमा फ्रान्सेली प्रधानमन्त्रीको पुतला जलाइएको छ। बीबीसी हिन्दीका अनुसार त्यहाँ फ्रान्सेली सामान प्रतिबन्धको मागसहित आन्दोलन भइरहेको छ।

EPA



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell