PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द



रासस

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि शुक्रवारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell