PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दशैं मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै, मङ्गलवार १५ हजार मानिस काठमाडौं उपत्यका भित्रिए



पहिलोपोस्ट

दशैं मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै, मङ्गलवार १५ हजार मानिस काठमाडौं उपत्यका भित्रिए

काठमाडौंः मङ्गलवारबाट काठमाडौं उपत्यकाभित्रिनेको सङ्ख्या केही बढेको छ।

दशैं मनाउन घर गएकाहरू काठमाडौं उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको हो। मङ्गलवार मात्र १५ हजार २ सय १२ जना मानिस काठमाडौं उपत्यका छिरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। जसमा ३ हजार ५ सय ६१ वटा सवारी साधन काठमाडौं उपत्यका प्रवेश गरेका हुन्।

फूलपातीको दिनपछि काठमाडौं उपत्यका आउने मानिसको सङ्ख्यामा कमी आएको थियो। घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाडौं उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो। टीकाको दिन ९ हजार ९ सय ६० जना मानिस काठमाडौं प्रवेश गरेका थिए। कार्तिक १ गते देखि काठमाडौं उपत्यका भित्र ४२ हजार सवारी साधनमा १ लाख ५४ हजार ८ सय ८८ जना मानिस काठमाडौं उपत्यका छिरेका छन्।

त्यस्तै सोही समयमा काठमाडौं उपत्यकाबाट बाहिर जानेको सङ्ख्या २ लाख ५६ हजार ४७ रहेको छ। सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाडौं छोडेका थिए। फूलपातीको अघिल्लो दिन( कार्तिक ६ गते) ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell