PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वीरगंजमा मुकेश चौरसियाको हत्याविरुद्ध छैटौँ दिन पनि प्रदर्शन, सड्दैछ शव



पहिलोपोस्ट

वीरगंजमा मुकेश चौरसियाको हत्याविरुद्ध छैटौँ दिन पनि प्रदर्शन, सड्दैछ शव

वीरगंज : नेकपा नेता मुकेश चौरसियाको हत्याविरुद्ध नेकपा कार्यकर्ताहरुले पर्साको सदरमुकाम वीरगंजमा प्रदर्शन जारी राखेका छन् पर्सा। हत्याको छैटौँ दिनसम्म प्रहरीले हत्या प्रकराणमा जाहेरी दर्ता नगर्दा पीडित परिवारजनसहित नेकपा नेता तथा कार्यकर्ताहरूले विहान ११ बजेदेखि १२ बजे सम्म धर्ना दिएका हुन्।

बुधवारनै हत्यारालाई कारवाही गर, पापा वन मुर्दावाद लगायत नारा लगाउँदै पीडित पक्षले पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ आस्मान तमाङ समक्ष ज्ञापन पत्र बुझाए। ५ बुँधे माग राख्दै नेकपा विन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्ष विक्रम चौरसियाले ज्ञापन पत्र बुझाएका हुन्। निवेदकको जाहेरी दर्ता गरी घटनामा संलग्न अभियुक्तलाई कारवाही गरियोस, मृतक मुकेश चौरसियालाई शहीद घोषणा गरियोस्, मृतकको परिवारलाई आवश्यक क्षतिपूर्ती दिइयोस्, घाइतेहरूको निःशुल्क उपचार गराइ क्षतिपूर्ती समेत दिइयोस् पर, पर्साकी प्रहरी उपरीक्षकले जाहेरी दर्ता नगरेकाले निज उपर कारवाही गरियोस भन्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको हो।

जिल्ला प्रहरी कार्यालय चोकबाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो।

गत कार्तिक ६ गते दिउँसो साढे १२ बजे पर्साको विन्दवासिनी गाउँपालिका ५ प्रसौनीमा नेकपाको गाउँपालिका कमिटीका पदाधीकारीको शपथ ग्रहण कार्यक्रम थियो। त्यहाँ भएको झडपममा परी जिल्ला किमिटी सदस्य मुकेश चौरसिया गम्भीर भाइते भए।

नारायणी अस्पताल वीरगंजमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि वीरगंज पानी ट्याङ्कीको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। भोलीपल्ट अर्थात् कार्तिक ७ गते विहान १० बजे मृत्यु भएको हो।

घटना भएको दिन मुकेशलाई भाटा हान्ने देवा सहनी र हनिफ अन्सारी दुवै जना पर्सा क्षेत्र नं ३ का पूर्व सभासद् राजकुमार गुप्तको वीरगंज ११ भारतीय महावाणिज्य दूतावास नजिककैको घरबाट पक्राउ पर्दा उनकै इशारामा यो घटना भएको र हत्यामा पूर्व सभासद गुप्तको संलग्नता रहेको पीडित परिवारको आरोप छ।

पर्सा प्रहरीले नेकपाको माथिलो निकाय अर्थात पूर्व एमालेका नेताहरुको दवावका कारण जाहेरी दर्ता नगरेकोले पीडित परिवारजनले लास पनि बुझेका छैनन्। ५ दिनदेखि लास नारायणी अस्पतालको शव गृहमा डिफ्रिजमा राखिएको छ। तर, बेलाबोलमा काटिने बिजुलीका कारण शव सडेर गन्हाउने थालेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell