PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चाचान समूहले विद्यालय भवन निर्माणका लागि दियो ३५ लाख



पहिलोपोस्ट

चाचान समूहले विद्यालय भवन निर्माणका लागि दियो ३५ लाख

बारा : बारा,परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा ३५ लाखको विद्यालय भवन निर्माण कार्य सुरु भएको छ। चाचान समुहको चैनपुरमै सञ्चालित नारायणी आयल रिफाइनरी उद्योग प्रालिकको ३५ लाख सहयोगमा दुई तल्ले ४ कोठे भवन निर्माण थालिएको हो।

उद्योगका प्रबन्धक बाकेलाल साहले भवनको शिलान्यास गरे। विद्यालय व्यवस्थापन समिति र उद्योग प्रशासन मिलेर भवनको कार्य अगामी ३ महिना भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ। समाजिक उत्तरदायित्व अन्तर्गत् उद्योगले सेवा क्षेत्र भित्र विद्यालयमा कक्षा १० सम्मको पठनपाठनका लागि सहयोग गरेको हो। जसका लागि चाचान समुहका अध्यक्ष बाबुलाल चाचान (अग्रवाल)ले गाउँलेलाई वचन दिएका थिए।

यसअघि गत २०७५ साल चैतमा आएको टोर्नाडो आँधीको कारण विद्यालयको भवन क्षतिग्रष्त भइ केही महिना पठनपाठन बन्द भएको थियो। विद्यालयमा नेपाल बैंक लिमिटेडले पनि गत वर्ष ५० लाख रुपैयाँ भवन निर्माणको लागि सहयोग गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा परवानीपुर गापा वडा नं ४ का वडा अध्यक्ष गजेन्द्र पटेल,वडा सदस्य बसिर देवान,कन्हाई पटेल,लिपनीमाल गाविसका पूर्ब अध्यक्ष मुक्ति राउत कुर्मी,नेकपा नेता रामक्षत्री राउत कुर्मीलगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक मदन पटेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell