PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

समुदायमा संक्रमण देखिएपछि मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी



रासस

समुदायमा संक्रमण देखिएपछि मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी

पाँचथर : मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। मिक्लाजुङ-४ रबीका छ स्थानीयमा संक्रमण देखिएपछि बुधवारदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए। गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै, शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा बुधवार जारी सूचनामा उल्लेख छ।

गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड-१९ संक्रमण देखिएको थियो। बुधवार संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

छ संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिए। उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड-१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेसनमा छन्। पाँचथरमा पहिलो पटक समुदायमा कोभिड-१९ संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell