PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिए, ६९५ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिए, ६९५ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा बुधवार ६९५ जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट मात्रै ६८० जना डिस्चार्ज भएका छन्। त्यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना पनि बुधवार नै डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएका ६९५ सहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १० हजार १३८ पुगेको छ।

त्यस्तै, प्रदेश १ मा बुधवार ५५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र तेह्रथुममा ३/३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १७१ जनामा संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएकामा ६४ महिला र १०७ पुरुष रहेका छन्। त्यस्तै, उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४/४, सुनबर्षी र कटहरीमा ३/३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २/२, ग्रामथान र जहदामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यता, सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३/३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०/१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २/२, भद्रपुर र बाह्रदशीमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १/१, संखुवासभाको चैनपुर र मकालुमा २/२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जना पनि संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २५० पुगेको छ।

प्रदेश १ मा बुधवार १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २१९ महिला र ३३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell