PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु



रासस

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको बुधवार मृत्यु भएको छ। धनगढीमा निर्माणाधीन मोहना-अत्तरिया छ लेन सडक अन्तर्गत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका-३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ। ट्रकका साउ भने सम्पर्कमा रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell