PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बेङ्ग्लोरले मुम्बइलाई दियो १ सय ६५ रनको लक्ष्य, बुमराहले लिए ३ विकेट



पहिलोपोस्ट

बेङ्ग्लोरले मुम्बइलाई दियो १ सय ६५ रनको लक्ष्य, बुमराहले लिए ३ विकेट

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इन्डियन्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो।

बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनिय रहन सकेन।

उता मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा, ट्रेन्ट बोल्ट, राहुल चहर र किइरोन पोलार्डले समान १/१ विकेट लिए।

मुम्बइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell