PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सूर्यकुमार यादवको अर्धशतकमा बेङ्ग्लोरमाथि मुम्बइको जित



पहिलोपोस्ट

सूर्यकुमार यादवको अर्धशतकमा बेङ्ग्लोरमाथि मुम्बइको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बइ इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। अबु धाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा मुम्बइले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो।

बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनिय रहन सकेन।

उता मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा, ट्रेन्ट बोल्ट, राहुल चहर र किइरोन पोलार्डले समान १/१ विकेट लिए।

१६५ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ बल बाँकी छँदै लक्ष्य भेट्यायो।

मुम्बइका लागि सूर्यकुमार यादवले अभिजित रहँदै सर्वाधिक ७९ रन बनाउँदा इशान किशानले २५ रन जोडे। त्यस्तै, क्विन्टन डिककले १८ रन जोड्दा हार्दिक पाण्ड्याले १७ तथा क्रुनाल पाण्ड्याले १० रन जोडे।

बेङ्ग्लोरका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले २/२ तथा क्रिस मोरिसले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell