PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रासफोर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित



पहिलोपोस्ट

रासफोर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह एचको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब आरबी आइपजिगमाथि सानदार जित निकालेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले लाइपजिगमाथि ५-० को सानदार जित निकाले हो।

युनाइटेडको जितमा मार्कस रासफोर्डले ह्याट्रिक पुरा गर्दा म्यासन ग्रीनउड र एन्थोनी मार्सियलले समान १/१ गोल गरे।

घरेलु टोलीले खेलको २१ औं मिनेटमै ग्रीनउडको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडले दोस्रो हाफमा चार गोल थप्यो। युनाइटेडका लागि ७४, ७८ र अतिरिक्त समयमा गोल गर्दै रासफोर्डले आफ्नो ह्याट्रिक पुरा गरे भने ८७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मार्सियलले एक गोल गरे।

गएराति नै भएको समूह एचको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुललाई २-० ले हरायो। पीएसजीको जितमा दुबै जित मोइज किनले गरे।

लगातार दोस्रो जित निकालेको युनाइटेड समूह एचको शीर्षस्थानमा छ भने एक खेल जितेको पीएसजी दोस्रो स्थानमा छ। त्यस्तै एक खेलनै जितेको लाइपजिग तेस्रो स्थानमा रहँदा जितबिहीन इस्तानबुल तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell