PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चेल्सीको सानदार जित



पहिलोपोस्ट

चेल्सीको सानदार जित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह इ को खेलमा चेल्सीले क्रासनोदरमाथि सानदार जित निकालेको छ। क्रासनोदर स्टेडियममा भएको खेलमा चेल्सीले घरेलु टोलीममाथि ४-० को सहज जित निकालेको हो।

खेलको ३७ औं मिनेटमा कलुम हुडसन ओडोइको गोलमा खेलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा टिमो वेर्नरले चेल्सीको अग्रता दोब्बर बनाए। उनले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसको तीन मिनेट भित्रै हकिम जियेचले र ९० मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दा चेल्सीले ४-० को सानदार जित निकाल्यो।

त्यस्तै गएराति नै भएको समूह इ कै अर्को खेलमा सेभियाले रेनेसमाथि संघर्षपूर्ण जित निकाल्यो। लुक डी जोङको गोलमा सेभियाले आफ्नै मैदानमा १-० संघर्षपूर्ण जित निकालेको हो।

जितसँगै समान १ जित र १ बराबरी खेलेका चेल्सी र सेभिया क्रमश समूहको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै समान एक बराबरी र एक पराजय भोगेका क्रासनोदर र रेनेस तालिकाको तेस्रो र चौथो स्थान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell