PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कुश्माको बन्जी-स्वीङ कातिक दोस्रो सातादेखि सञ्चालनमा आउँदै



पहिलोपोस्ट

कुश्माको बन्जी-स्वीङ कातिक दोस्रो सातादेखि सञ्चालनमा आउँदै

काठमाडौं : पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत कार्तिक दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। कार्तिक १५ गतेदेखि उक्त साहसिक खेलहरू सुरु गर्न लागिएको हो।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिच भाग। कालीगण्डकी नदिको ठीक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट रहेको छ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ। द क्लिफको यो परियोजना अब विश्वकै दोस्रो अग्लो बन्जी बनेको छ। यहाँको स्वीङ भने विश्वकै अग्लो भएको सञ्चालक राजु कार्कीले बताए। बन्जी र स्वीङ दुवैको मुल्य ७ हजार तोकिएको छ। पोखरादेखी कुश्माको दुईतर्फी गाडी सुविधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडि) स्वीङको १२ हजार रहेको छ।

बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ। सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।

कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लीङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि गरिने बताइएको छ।

द क्लिफ पोखराबाट ५५ किलोमिटर पर छ। अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँपुल बाट १५ किलोमिटर दूरीमा अवस्थित छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell