PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

काठमाडौंमा दिउँसै चोरी, कोठाबाट ४८ हजार र एटिएमबाट १ लाख रुपैयाँ झिकियो



पहिलोपोस्ट

काठमाडौंमा दिउँसै चोरी, कोठाबाट ४८ हजार र एटिएमबाट १ लाख रुपैयाँ झिकियो

काठमाडौंः प्रहरीले दशैंको समयमा हुने चोरी नियन्त्रण गर्ने विशेष योजना बनाए पनि काठमाडौँका विभिन्न स्थानमा फाटफुट चोरी भएको देखिएको छ। दिउँसोको समयमा मानिस नभएको मौका छोपी कोठाभित्रको सामान तथा पैसा चोर्ने गरेका छन्।

बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक घरमा चोरी भएको छ। भक्तपुर सूर्य विनायक नगरपालिका-४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठामा चोरी भएको हो। उनको कोठाबाट नगद ४८ हजार रुपैयाँ र ग्लोबल बैङ्कको पिन नम्बर लेखिएको एटिएमबाट नगद १ लाख रुपैयाँ चोरी भएको हो।

'दशैंको समयमा अन्य ठुला घटना भएका छैनन्। तर कोठा तथा घरमा भने फाटफुट चोरीका घटना भएको छ।' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell