काठमाडौः नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कार्तिक २१ गते (शुक्रवार) दिउँसो १ बजेको लागि बैठक बोलाएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्ने छ।
यसअघि बोलाएको बैठक बिभिन्न कारणले पटक पटक स्थगित हँदै आएको छ। असोज १९ गतेका लागि बैठक डाकिएको थियो। तर सात जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएसँगै २५ गतेका लागि बैठक सारियो।
असोज २५ गते पनि बैठक बसेन। पार्टीका पूर्व कोषाध्यक्ष रामवावु प्रसाईको निधन भएपछि डाकिएको बैठक स्थगित भएको थियो। बैठकमा पार्टीको आगामी महाधिवेशन विषयमा लगायतमा छलफल हुनेछ।
