काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।
त्यस्तै ३ हजार ३८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर कोभिड १९ पोजेटिभको सङ्ख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। अहिलेसम्म १ लाख २४ हजार ८ सय ६२ जना निको भइसकेका छन् भने ३८ हजार ९ सय ५२ जना उपचाररत छन्।
त्यस्तै २४ घण्टामा कोभिड १९ सङ्क्रमण पुष्टी भएका १७ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर सङ्क्रमण पुष्टी भएका ९ सय ४ जनाको मृत्यु भइसकेको छ
