PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा थप १३४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ३८४ पुग्यो



फूलमाया पुरी

प्रदेश १ मा थप १३४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ३८४ पुग्यो

विराटनगर : प्रदेश १ मा बिहीवार १३४ जना कोरोना संक्रमित थपिएका छन्। ४४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ। मन्त्रालयका अनुसार बिहीवार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना कोरोना संक्रमित भएका छन्।

त्यस्तै, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको भद्रपुर र विर्तामोडमा ८/८, मेचीनगर र कनकाईमा ३/३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा पनि बिहीवार नै कोरोना संक्रमण पुष्टि भएको छ। तेथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ७० जना डिस्चार्ज भएका छन्। मोरङको कालि सदन आइसोलेसन र मारवाडी सेवा सदन आइसोलेसनबाट २५/२५ जना डिस्चार्ज भएका छन्। त्यस्तै, बैजनाथपुर आइसोलेसन र विराट मेडिकल कलेजबाट १०/१० जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा हालसम्म १० हजार १७९ जना कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ मा हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell